७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० प्रतिशतले बढ्यो बजेट खर्च

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी बजेट खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज आइतबार अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रुपैयाँ अर्थात् १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

योसँगै चालु आर्थिक वर्षमा सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको हो ।

चालु वर्षका लागि विनियोजन गरिएको रकम मध्ये कुल ७९ प्रतिशत खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।

यो वर्ष १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखिएको थियो । गत जेठ १५ गते गरिएको संशोधित अनुमानको अनुसार यो खर्च ९५ प्रतिशत हो ।

संशोधित अनुमानमा १५ खर्ब ५ अर्ब खर्च गर्ने लक्ष्य राखिएको थियो । यो वर्ष चालु खर्च मात्रै १० खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । यो वर्षको लागि छुट्याइएको चालु खर्च ११ खर्ब ८३ अर्बको तुलनामा यो ८५ प्रतिशत हो । जेठ १५ मा गरिएको संशोधित अनुमानको तुलनामा ३७ अर्ब कम खर्च भएको तथ्याङ्कले देखाएको छ ।

कुल खर्चमध्ये असार महिनामा मात्रै १७ प्रतिशत खर्च गरेको सरकारले पुँजीगत खर्चमध्ये ३४ प्रतिशत यही महिनामा खर्च गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार आर्थिक वर्षको अन्तिम दिन आज सरकारी कुनै पनि भुक्तानी गर्न नपाइने व्यवस्था छ । सोही अनुसार महालेखाले भुक्तानी दायित्व अन्तर्गत शनिबार मात्रै प्रणालीबाट ९ अर्ब ७८ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० अनुसार हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकासा दिइने छैन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस