१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा महानगरद्धारा कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ ।

वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट रु एक सयका दरले कूल रु २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो ।

‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा विगत चार वर्षयता महानगरपालिकामा सञ्चालित सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमले सकारात्मक प्रभाव पारेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

पछिल्लो डेढ दशकयता कास्कीका सुन्तला उत्पादनका पकेट क्षेत्र विभिन्न रोगका कारण सङ्कटग्रस्त बन्दै गएसँगै महानगरपालिकाले बगैँचा व्यवस्थापन अभियान थालेको उनले जानकारी दिए ।

प्राविधिकसहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैँचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइने गरिएको छ । पोखरा महानगरपालिकाले आइतबार आयोजित एक कार्यक्रमका महानगर प्रमुख धनराज आचार्यले सुन्तला बगैँचा व्यवस्थापनबापतको प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा प्रमुख आचार्यले महानगरपालिकाले तोकेअनुसारको कृषि उपजको न्यूनतम समर्थन मूल्यबापतको आव २०७९/८० को रकमसमेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा पोखरा च्याउ उत्पादक कृषक समूहलाई ५९ हजार दुई सय २९ केजी च्याउको रु २१ लाख ४३ हजार आठ सय २२ तथा सावित्री हराभरा एकीकृत कृषि फार्मलाई गोलभेँडा २० टन, बन्दा ४० टन, काउली एक हजार पाँच सय ५३ केजी, घिरौँला एक हजार एक सय पाँच केजीको रु चार लाख २९ हजार पाँच सय ३७ को समर्थन मूल्य सहयोगको चेक हस्तान्तरण गरे ।

आर्थिक वर्ष २०७९/८० अन्तर्गत यस पालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका एक लाख २७ हजार चार सय ९० केजी तरकारीको रु २७ लाख भुक्तानी दिएको छ । महानगरले विभिन्न २३ वटा कृषि उपजको न्यूनतम मूल्य तोकेको छ । तोकिएको न्यूनतम समर्थन मूल्यभन्दा कम पर्ने अवस्थामा कम भएको रकमको भुक्तानी महानगरपालिकाले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यसका लागि खेती गर्नु पूर्व कृषकले आफूले उत्पादन गर्ने सम्भावित उत्पादन सूचीकृत गर्नुपर्ने, बजारमा प्रतिस्पर्धी मूल्यमा बेच्नुपर्नेलगायतका सर्त निर्धारण गरिएको कृषि महाशाखा प्रमुख कडरियाले बताए ।

कार्यक्रममा महानगर प्रमुख आचार्य, पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष प्रेमलाल लामिछाने, पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदीलगायतले उत्पादनमा जोड दिन आग्रह गर्दै महानगरका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस