१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव बैठक शुरु, कर्मचारी सुरक्षाको विषय उठ्न सक्ने 

अ+ अ-

काठमाडौँ । सचिव बैठक शूरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ बजेदेखि शुरु भएको बैठकमा नेपाल सरकारका विशिष्ट श्रेणी(सचिव)का कर्मचारी उपस्थित रहेका छन् । 

डा. वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त भएपछिको दोस्रो सचिव बैठकमा पहिलो बैठकमा उठेका विषयवस्तुहरूको समीक्षासँगै कर्मचारी सुरक्षाको विषयले प्रवेश पाउने बुझिएको छ । सञ्चार सचिव कृष्ण बहादुर राउत पक्राउ पछिको परिस्थितिबारे सचिवहरूले कुरा उठाउन सक्ने एक सचिवले बताए । 

‘सञ्चार सचिव राउत पक्राउ गरिँदा निजामती सेवा ऐनको पालना नभएकोदेखि सामान्य जानकारी गराउनेसम्म चेन अफ कमाण्ड समेत पालना भएको देखिएन’ ती सचिवले भने, ‘यसमा गृह सचिव र मुख्य सचिवज्यूले सम्भवतः केही बोल्नुहुन्छ होला’

गल्ती गर्ने जो कोहीलाई पनि कारबाही हुनु पर्ने र अनुसन्धानमा सघाउनु सबैको दायित्व हुने भए पनि बाहिर आए अनुशार नियमित प्रक्रिया र आदेश पालनाका क्रममा भएको कामकारबाहीलाई लिएर ‘बेइज्जतपूर्ण’ तवरले विमानस्थलबाटै गरिएको पक्राउले कर्मचारीको मनोबल घटेको कर्मचारीले बताउँदै आएका छन् । टिप्पणी उठानकर्तालाई पक्राउ गरिरहँदा निर्णयकर्ता भने अझै बाहिर रहेको भन्दै सो न्यायसङ्गत नदेखिएको उनीहरूको भनाई छ । 

साथै मन्त्रीहरूको अनावश्यक हस्तक्षेपका कारण सचिवहरूलाई काम गर्न कठिनाई भइरहेको विषयले पनि छलफलमा प्रवेश पाउने बुझिएको छ । 

पहिलो सचिव बैठकमा सचिवहरूले मुख्य सचिव भइसकेको व्यक्ति त्यसपछिको पदका लागि दौडिन नहुने सुझाएका थिए । निजामतीको सर्वोच्च पद मुख्य सचिव भइ सकेको व्यक्ति, त्यसपछि प्राप्त हुने पदका लागि दौडिँदा निर्वाह गर्नु पर्ने भूमिकाबाट च्युत हुन पुग्ने भन्दै नव नियुक्त मुख्य सचिव त्यसबाट टाढा रहन सुझाएका थिए । 

राजनीतिज्ञहरूको ‘एसम्यान’ भन्दा पनि सिष्टम पालनाकर्ता र कर्मचारीको अभिभावकत्व निर्वाह गर्न सके हाल देखिएका आधाआधी विकृतिहरूको अन्त्य हुने कुरा सचिवहरूले बैठकमा राखेका थिए । खास गरी कर्मचारीको सरुवाबाट शुरु हुने विकृतितर्फ संकेत गर्दै को कर्मचारी कुन ठाउँका लागि उपयुक्त हुन्छ ? भन्नेबारे मुख्य सचिव नै सबैभन्दा बढी जानकार हुने भएकोले सरुवामा बाह्य हस्तक्षेप र दबाब भन्दा मुख्य सचिवको विवेक प्रयोग हुनुपर्ने सचिवहरूको भनाई थियो । 

पाँद दर्जन बढी सचिवहरू सहभागी पहिलो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको एसम्यान मात्र बनिदिँदा प्रशासनिक संयन्त्र ध्वस्त बन्दै गरेको टिप्पणी गरेका थिए । नेता तथा मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने केही सचिवहरूको कारण प्रशासनको शाख गिर्दै गएको र अनुभव नै नभएकालाई महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिँदा व्यवस्था नै कमजोर बन्न पुगेकोसमेत सचिवहरूले कुरा उठाएका थिए । 

नमिल्ने र नसुहाउने कुरामा पनि मुख्यसचिव एसम्यान बनिदिँदा तथा सहभागी भई दिँदा गृह मन्त्रालयले भोग्नु परेको परिणतितर्फ इङ्गित गर्दै आगामी दिन त्यसो हुन नदिनतर्फ पनि मुख्य सचिवलाई सुझाइएको थियो । 

मुख्य सचिव प्रधानमन्त्रीको सल्लाहकारसमेत भएकोले उचित सल्लाह दिनु पर्ने र अमिल्दो कुरालाई तटस्थ विज्ञ परामर्शका रूपमा राख्न हिचकिचाउन नहुनेसमेत सचिवहरूले बताएका थिए । 

सचिवहरूको सुझावपछि मुख्य सचिव अर्यालले आगामी दिनमा प्रशासनको साख बिग्रन नदिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । 

सरकारका नीति तथा कार्यक्रम लागू गर्नेदेखि सफल या असफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण रहन्छ । जसका लागि स्वयं कर्मचारी नै पेलिएको तथा हेपिएको अवस्थामा काम गर्नुपर्दा त्यो पुरा नहुने भएकोले सो को मूल्याङ्कन सचिव तथा मुख्य सचिवहरूबाट निष्पक्ष रूपमा हुन सके सुशासन र सेवा प्रवाहमा समेत ठूलो असर पर्ने सचिवहरू बताउँछन् । 

सचिवहरूको नियमित बैठक प्रत्येक महिनाको पहिलो सोमबार बस्ने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस