काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’ सँगकाे खेलमा नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाएका छन् । राेहितले ६४ बलमा अर्धशतक बनाए ।
श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले राम्राे शुरुवात गर्न सकेन । नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रन र साेमपाल कामी १४ रनमा आउट भए । अहिले क्रिजमा कप्तान राेहित पाैडेल र गुलसन झा छन् ।
नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए ।
नेपालले ताजा अवस्थामा २९ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएकाे छ ।