६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका-१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो ।

तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्र/छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ । श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न दशकौंँदेखि सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए।

“युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम दिन थालेका हौँ”, उनले भने-“राष्ट्रिय सेवा दलको आफ्नै इतिहास र महत्व छ ।”

तालिमको उद्घाटन गुल्मपति सेनानी श्रेष्ठ र सहायक गुल्मपति सह-सेनानी मनोज जिसीले गका थिए । तीन महिनासम्म सञ्चालन हुने जुनियर तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिनेछ । कञ्चनपुरमा सिनियरतर्फ यहाँका दुई विद्यालयमा आगामी भदौ पहिलो सातादेखि तालिम सञ्चालन हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस