७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा गाडीको ७५ रुपैयाँ

अ+ अ-

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । 

महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिइन् । सोमबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन सो शुल्क निर्धारण गर्नु परेको स्पष्ट पारिन् ।

जसअनुसार काठमाडौँ महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । 

एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५-५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डङ्गोलले बताइन् । उनका अनुसार ४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । 

एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ । 

उपमेयर डङ्गोलले भनिन्, “धेरैको गुनासो, आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति । कतै ४ सय भने भने कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ५ सय छ । फरक, फरक भयो । यो हुँदाखेरी चाँही सेवाग्राही पनि अन्योलमा । र, सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ । जसले पार्किङ गर्नु हुन्छ । जसले गर्दा हरेक ठाउँमा एकरुपता आओस् । पार्किङ शुल्कमा एकरुपता आओस् भन्ने उद्देश्यका साथमा तोकेको छ । २ पांग्रे सवारी साधनको लागि आधा घण्टा मात्र पार्किङ गर्नु हुन्छ भने १५ रुपैयाँ र सँगसँग एक घण्टा हो भने २५ रुपैयाँ । र, एकघण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटको ५-५ रुपैयाँको दरले हामीले शुल्क पनि तोकेका छौँ ।  त्यसैगरी चार पाङग्रे गाडीको लागि चाँही आधा घण्टाको लागि ४० रुपैयाँ एक घण्टासम्म पार्किङ गर्नु भयो भने ७५ रुपैयाँ । त्यसपछि पनि थप हुँदै गयो भने  हरेक १५ मिनेटको १५ रुपैयाँ थप हुँदै जाने भनेर हामीले शुल्क तय गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस