काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ परेका सचिव कृष्ण बहादुर राउतले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि अहिले सर्वोच्च अदालतमा बहस जारी छ।
ललिता निवासको जग्गा प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका आरोपीहरुका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबारदेखि नै न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ।
मंगलबार राउतको तर्फबाट बहस गर्दै अधिवक्ता सुलभ पोखरेलले पक्राउ गर्ने कार्य गैरकानुनी भएकाले तत्काल रिहा हुनुपर्ने माग गरे। राउतले जग्गा नै व्यक्तीको बनाउने कुनै टिप्पणी लेखेको वा सहयोग नगरेको अधिवक्ता पोखरेलको दाबी छ।
सरकारको सचिवमाथि भएको व्यवहार गैरकानुनी भएको पनि अधिवक्ता पोखरेलले जिकिर गरे। शाखा अधिकृत हुँदा २०६७ सालमा भौतिक मन्त्रालयमा रहँदा लेखेको रायमा माथिल्लो निकायबाट पुनः राय माग भएकाले मुद्दा नलाग्ने पनि पोखरेलले दाबी गरे।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट संलग्नता नदेखिएको भन्दै राउतविरुद्ध मुद्दा दायर नगर्ने निर्णय भएको विषय पनि अधिवक्ता पोखरेलले उठाए। ‘२०७६ माघ २२ गते अख्तियारले संलग्नता नदेखिएको भन्दै मुद्दा दायर नगर्ने निर्णय गरेको थियो। बस्तुगत आधार नदेखिएको भनी मुद्दा नचलाउने निर्णय भएको थियो। न्याय परिषद्सँग अनुमति लिएर पक्राउ पर्ने थियो कि थिएन ? सदर गर्नेलाई किन अनुसन्धानमा ल्याइएन ?’ अधिवक्ता पोखरेलले भने। अधिवक्ता पोखरेलले पश्चदर्शी (भुतप्रभावी) कानुनको आधारमा पक्राउ गर्न नमिल्ने जिकिर गरे।
टिप्पणीमा सचिव (तत्कालीन शाखा अधिकृत) राउतले आफैँ हस्ताक्षर गरेकाले कसरी कीर्ते भयो भन्दै पोखरेलले प्रश्न गरे।निजामति ऐनमा पक्राउ गर्दा अनुमति लिनुपर्ने व्यवस्था भएको, तर पक्राउ गर्दा किन अनुमति लिइएन भन्दै अधिवक्ता पोखरेलले प्रश्न गरे।
सम्बन्धित समाचार : ‘ललिता निवास जग्गा प्रकरणले कर्मचारीहरूलाई असुरक्षित महसुस गरायो’ -निजामती सेवा संरक्षण समूह
सम्बन्धित समाचार : ललिता निवास जग्गा प्रकरण : आज पनि सुनुवाइ हुने
सम्बन्धित समाचार : सञ्चार सचिवसहितको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा राखियो
सम्बन्धित समाचार : ब्याट-१८ ले राख्यो सचिव राउतबारे चाँसो, पक्राउ प्रक्रियामा असन्तुष्टि
सम्बन्धित समाचार : ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने
सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा धरौटीमा छाड्ने आदेश लगत्तै ललिता निवासमा पक्राउ परे केशव तुलाधर
सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अनुसन्धानका लागि पाँच दिन म्याद थप
सम्बन्धित समाचार : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सम्बन्धित समाचार : सचिव राउतको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार पेशी
सम्बन्धित समाचार : समरजंग कम्पनीका सह लेखापाल पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रक्ररणमा भूमि विभागका तत्कालीन महानिर्देशक पनि पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका पूर्व उपसचिव श्रेष्ठ पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा मालपोतका थप दुई जना पक्राउ
सम्बन्धित समाचार : सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित
सम्बन्धित समाचार : सचिव राउतलाई दुई दिन थुनामा राख्न अनुमति
सम्बन्धित समाचार : उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठिक भएन – पूर्व मुख्य सचिव
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा नापी अधिकृतसहित थप दुई जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : मीनबहादुरसहित तीन जनाको रिट निवेदन न्यायाधीशद्वय भट्टराई र फुयाँलको इजलासमा
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूको रिट हेर्न नभ्याइनेमा
सम्बन्धित समाचार : ललिता निवास प्रकरण : अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च पुग्यो प्रहरी
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ९ जनालाई सात दिन थुनामा राख्न अनुमति
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा कर्मचारीसहित थप ३ जना पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरण स् पक्राउ परेका तीन आरोपितको निवेदनमा कारण देखाऊ आदेश जारी
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : सीआईबीले भन्यो-ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा भूरा समातेर ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा प्रहरीले लियो ४०६ जनाविरुद्ध पक्राउ अनुमति
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल
सम्बन्धित समाचार : ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन कर्मचारी छुटे
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा खरिदार गोपाल कार्की पक्राउ
सम्बन्धित समाचार : ललिता निवास प्रकरणमा सहसचिव देउजासहित थप ४ जना पक्राउ
सम्बन्धित समाचार : ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
सम्बन्धित समाचार : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ