१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारीसाधन दुर्घटनामा कमी

अ+ अ-

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा  सवारीसाधन दुर्घटनामा कमी आएको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार दुर्घटनामा मानवीय क्षति पनि कम भएको पाइएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार पूर्वपश्चिम राजमार्ग विस्तारसँगै दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०७९/८० मा ७५ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७५/७६ मा एक सय १८ सवारीसाधन दुर्घटनामा परी ७० जनाको मृत्यु भएको थियो । 

यस्तै आव २०७६/७७ मा ९५, आव २०७७/७८ मा ६४ र आव २०७८/७९ मा ३९ सवारीसाधन दुर्घटना भएका थिए । दुर्घटनामा परी आव २०७६/७७ मा ५४, आव २०७७/७८ मा ४६ र आव २०७८/७९ मा ४१ जनाको ज्यान गएको प्रहरी निरीक्षक पौडेलले बताए । जिल्लामा पूर्व-पश्चिम राजमार्गअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म ६८ किलोमिटर सडक पर्छ । 

“सडक विस्तार हुनुअघि दुर्घटनाको दर बढी थियो”, उनले भने, “सडक विस्तार गर्दा दुर्घटनामा कमी आएको छ ।” अधिकांश दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएको छ । सडकको अवस्था र चालकको लापरबाहीका कारण पनि दुर्घटना अत्यधिक हुने गरेको उनको भनाइ छ । सवारीसाधन दुर्घटना कमी ल्याउन सचेतना कार्यक्रम, ट्राफिक सप्ताह, सुरक्षा जाँच वृद्धिलगायतका काम गर्दैआएको पौडेलले बताए ।

“सवारीसाधनको अवस्था तथा चालकको स्वास्थ्य परीक्षणसमेत गर्ने गरेका  छौँ”, उनले भने । समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शैक्षिक संस्थामा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस