डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले राहदानी सेवा लिन सेवाग्राहीहरूका लाई थप सहजता गरेको छ ।
राहदानी सेवा लिन सेवाग्राहीले सुरुमा एउटा विवरण फाराम बाहिरबाट भरेर अनि कार्यालय आउनु पर्ने बाध्यता रहेको भएता पनि अब सम्पूर्ण काम कार्यालय भित्र बाट गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।
राहदानी सेवा लिनको लागि सेवा ग्राहीहरूले पहिले प्री ईन्रोलमेन्ट फाराम बाहिर बाट भरेर जानुपर्ने अनि मात्र भित्रको काम हुने गरेको थियो । फाराम बाहिर भर्दा सेवा ग्राहीले २ सय देखी ५ सय रुपैयाँसम्म तिर्नु पर्ने बाध्यता रहेको थियो अब सम्पूर्ण काम कार्यालय भित्र बाट निःशुल्क रूपमा हुने भएकाले सेवाग्राहीलाई थप सहजता हुने देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले राहदानी सेवाका लागि सम्पूर्ण कार्य भित्र बाट गर्न सुरु गरिसकेको छ ।
