८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क फोहर उठाउँदै भानु नगरपालिका

अ+ अ-

डुम्रे । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ ।

नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक एक टिपर फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ‘हालसम्म नगरवासीको घर–घरबाट निस्कने फोहरमैला उठाउने गरेका छौँ, उठाएको फोहरमैला नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ’, उनले भने ।

विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायतका नगरपालिकाका बजार क्षेत्रका रूपमा रहेका स्थानबाट फोहरमैला नगरपालिकाले उठाउने गरेको त्रिपाठीले बताए । ‘नगरपालिकाभित्रका सहरी क्षेत्रमा फोहरमैलाको दुर्गन्ध फैलन नदिनका लागि निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ, त्यसपछि अन्य विकल्प सोच्नेछौँ’, नगरप्रमुख त्रिपाठीले भने ।

विशेषगरी दैनिकरूपमा घरबाट निस्केका फोहरमैला सडक, पोललगायतका क्षेत्रमा दुर्गन्ध फैलने गरी स्थानीयवासीले फाल्न थालेपछि यसको व्यवस्थापन गर्नुपर्छ भन्ने हेतुले निःशुल्करूपमा फोहर उठाउने गरिएको उनले बताए । दैनिक फरक–फरक स्थानबाट फोहर उठाउने गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उठाएको फोहरमैला भानु नगरपालिका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट सङ्कलित फोहरमैला नगरपालिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । नगरपालिकाले सङ्घीयता कार्यान्वयन भएपछि निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नै उक्त फोहर व्यवस्थापनका लागि खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस