७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुखको ठाडो आदेशमा कर्मचारी नियुक्ति सिफारिस रद्द 

अ+ अ-

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको ठाडो आदेशमा सामी परियोजनाअन्तर्गत करारमा कर्मचारी नियुक्ति सिफारिस रद्द गरिएको छ ।

कमलामाईले नगरपालिकाकै करारमा कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार सामी परियोजनाका लागि करारमा एक–एकजना कार्यक्रम संयोजक र सामाजिक परिचालन अधिकृत र आप्रवासी स्रोतकेन्द्र परामर्शकर्ता तथा तीनाजना स्वयंसेवक नियुक्तिका लागि बिहीबार सिफारिस गरेको थियो ।

तर, चार महिनाअघिको विज्ञापनमा रहेर नगरपालिकाले नै प्रयोगात्मक र अन्तर्वार्ता लिएर नगरप्रमुख पोखरेलले नतिजा प्रकाशनको अनुमति दिएको भोलिपल्ट शुक्रबार रद्द गर्न लगाएका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले लिखित परीक्षासमेत लिने गरी ‘नयाँ कार्यविधि पास गराएर फेरि प्रक्रियाअगाडि बढाउने’ भनेर प्रमुख पोखरेलबाट आदेश भएपछि सोहीबमोजिम गरिएको बताए । 

‘अघिल्लो कार्यकालमा बनेको करारमा कर्मचारी भर्नासम्बन्धी कार्यविधिमा लिखित परीक्षाको व्यवस्था छैन, हामीले त्यही कार्यविधिमा टेकेर प्रयोगात्मक र अन्तर्वार्ता लिएका हौँ,’ उनले भने, ‘यो कुरा मेयरसापलाई थाहा रहेनछ, अहिले आएर थाहा पाएपछि रोक्न भन्नुभएको हो । आगामी कार्यपालिका बैठकबाट नयाँ कार्यविधि अगाडि बढाउने भनिएको छ । अब लोकसेवा आयोगसँग मिल्ने गरी कार्यविधि बन्छ ।’

तर, नगरप्रमुख पोखरेलले भने कार्यरत कर्मचारी नै प्रतिस्पर्धा गर्ने गरी प्रक्रिया अगाडि बढाइएको भनेर उजुरी परेपछि नतिजा रद्द गरिएको जिकिर गरे । उनले पनि नयाँ कार्यविधि बनाएर अघि बढ्ने बताए ।

सामी परियोजनामा कर्मचारी नियुक्तिको सिफारिस रद्द गर्दा यसअघि नगरपालिकाले नियुक्त गरेका कर्मचारीको वैधानिकतामाथि पनि प्रश्न उठेको छ । प्रमुख प्रशासकीय अधिकृत दाहालका अनुसार नगरपालिकाले यसअघि मेडिकल अफिसरसहित विभिन्न प्राविधिक पदमा करार भर्ना गरेको थियो । त्यतिखेर पनि लिखित परीक्षा लिइएको थिएन ।

प्रतिक्रिया दिनुहोस