७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरण

अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्रबाट वैदिक मन्त्रोच्चारणसहित सूचनाको हकका लागि समुदाय जागरणको दोस्रो हप्ताको कार्यक्रम गरिएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्य समिति काठमाडौँको आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल चोकबाट सुरु भएको जागरण यात्राको आरम्भमा वैदिक पण्डितले मन्त्रोच्चारण गरी कार्यक्रम सुरु गरिएको हो । जागरण यात्रा चन्द्रविनायक मन्दिर, मित्रपार्क, सिफल, जयवागेश्वरी, भुवनेश्वरी हुँदै वनकालीमा आएर समापन भएको थियो ।

कार्यक्रममा पशुपति मित्र माध्यमिक विद्यालय, स्थानीय क्लब एवं सङ्घ संस्थालगायत स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहभागिता थियो । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको प्रभात फेरीमा ‘सूचना किन माग्ने रु’, ‘सूचना कहाँ माग्ने रु’, ‘कस्ता सूचना माग्ने रु’, ‘सूचना कसरी माग्ने रु’, ‘कसलाई माग्ने रु’, ‘सूचना नदिनेलाई के हुन्छ रु’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले स्वीडेनमा सूचनाको हक लागू भएको दुई सय ३५ वर्षपछि नेपालमा सूचनाको हक कार्यान्वयनको बाल चरणमा रहेको बताए । अनियमितताका विरुद्ध सामाजिक सञ्जालमा लेखेर मात्र नहुने उल्लेख गर्दै उनले त्यसका बारेमा सूचना माग गरेर पारदर्शिता कायम गराउन सकिने भनाइ राखे ।

“सूचना नपाएर आयोगमा पुनरावेदन गर्नेलाई दिन आदेश गर्ने गरिएको छ, आयोग दिनुपर्ने सूचना दिलाउन कठोर भएर लागेको छ, तोकेकोभन्दा कम समयमा दिन सकिने तर सूचना नदिनेलाई कारबाही हुन्छ”, आयुक्त थापाले भने । 

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले सुशासनका लागि सूचनाको हक आवश्यक रहेकोमा जोड दिए । कोषमा सूचना माग गर्नेलाई सूचना समयमै दिने गरिएको उल्लेख गर्दै उनले कानुनमा तोकिएको समय अलि कम भएको हो कि भन्ने लागेको बताए । 

काठमाडौँ महानगरपालिका वडा नं ७ का अध्यक्ष विमलकुमार होडाले वडामा प्रत्येक महिना भए गरेका कामको सूचना विवरण बनाएर सार्वजनिक गर्ने परिपाटी बसालिएको जानकारी दिए। समुदाय जागरण यात्रामा वडा नं ८ का अध्यक्ष आशामान संगतको पनि सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष उमिद बागचन्द र काठमाडौँ उपत्यका प्रदेश अध्यक्ष तारबहादुर भण्डारीले सूचनाको हक नागरिक स्तरसम्म अभ्यासमा लैजान समुदाय जागरण अभियान सुरु गरिएको बताए । गत असार ३० गते शनिबार विश्वसम्पदा सूचीमा सूचिकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस