११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी र माधवले वास्ता गरेनन्, समाजवादी मोर्चाले पनि बोलाएन

अ+ अ-

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जाने बाटो तत्काललाई बन्द भएको बताएका छन्। 

रिपोर्टर्स क्लबमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले आफ्नो पार्टी एमाले वा एकीकृत समाजवादीमा समाहित हुन खोजे पनि दुवैले वास्ता नगरेको बताएका हुन्। 

‘म नेकपा एमाले र एकीकृत समाजवादी दुई वटै पार्टीसँग एकीकृत हुन निरन्तर वार्तामा थिएँ । समाजवादीले हामीले निर्णय नगरुञ्जेल आइजो वामदेव आइजो भन्नुभयो। निर्णय गरेर जाँदा कुनै पनि जवाफ दिनुभएन।’ वामदेवले भने, ‘त्यसपछि एमालेसँग प्रयत्न गर्ने निर्णय भयो। उहाँहरूलाई सुनाइयो। उहाँहरूले वामदेव किन आउनुपर्‍यो? तपाईँ आउनुहोस् भनेर हाम्रा साथीहरूलाई बोलाउनुभयो । अन्तिममा केपी ओलीले बोलाउनुभयो र म गएँ । मलाई दिने कामको विषयमा, मेरो जिम्मेवारीका विषयमा उहाँले पनि केही पनि बोल्नुभएन ।’

ओलीले आफूलाई नेकपा फुटाएको र प्रचण्डलाई साथ दिएको आरोप मात्रै लगाएको गौतमले सुनाए। 

‘पार्टी फुटाउनुभयो। मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन। प्रचण्डलाई साथ दिनुभयो, एमाले समाप्त पार्न लाग्नुभयो भनेपछि मैले त्यहाँ रहन सक्ने स्थिति देखिनँ।’ गौतमले भने, ‘त्यसपछि म ४३ वर्षको मित्रता छँदैछ, बोलाउनुभयो भने भेटघाट गर्दै गरौँला भनेर नमस्कार गरेर फर्किएँ।’

उनले समाजवादी मोर्चाले पनि आफूलाई नबोलाएको बताए। 

‘समाजवादी मोर्चा बनाउन प्रयत्न गर्दा नै म सकारात्मक हो, मलाई समावेश गरेको भए व्यवहारिक एजेन्डासहित राम्रो प्रस्ताव गर्ने थिएँ, उहाँहरूले बोलाउनुभएन ।’ गौतमले भने। 

मोर्चामा सबै दलका साझा विषय हुनुपर्ने भए पनि अहिले मोर्चाका साझा विषय केही पनि नभएको उनको टिप्पणी थियो।

‘साझा विषय केही पनि छैनन्। यो संविधानको रक्षा गर्ने, संसदको रक्षा गर्ने भन्ने छ। रक्षा त भइरहेको छ नि! कसले सिध्याउन खोजेको छ र! सबै सामान्य विषयहरू जसलाई ठोस् रुपमा पक्डन सकिन्न त्यस्ता विषयमा समाजवादी मोर्चा बनेको छ।’ उनले थपे,‘मैले भनेको थिएँ, ठोस् रुपमा यो यो काम गर्नका निम्ति बनाऊँ, समाजवाद निर्माण गर्नकै निम्ति सङ्गठित हौँ भनेको थिएँ, मान्नुभएन । वामदेव आयो भने एउटा एउटा उखरमाउलो उठाउँछ, फेरि कताकता बिगार्छ भनेर उहाँहरूले भन्नुभएको छ रे तर बोलाउनुभयो भने म जान्छु । ’ 

प्रतिक्रिया दिनुहोस