१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्र देखिएका आपसी मतभेद हटाउन जरुरी छः देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखापरेका मतभेदलाई तत्काल अन्त्य गर्न अतिआवश्यक भएको बताएका छन्।

शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको जिल्ला सम्मेलनमा बोल्दै उनले आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन पनि पार्टीभित्र देखापरेका मतभेदलाई अन्त्य गर्न ढिलाइ गर्न नहुने तर्क गरे।

लोकतन्त्रलाई सुदृढ बनाउन र मुलुकमा स्थायी शान्ति र समृद्धि ल्याउन पनि नेपाली काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने भएकाले पार्टीभित्र एकताबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो।

उनले भने, ‘हाम्रो पार्टी एकता हुन जरुरी छ। सम्पूर्ण रुपले एकता भएको खण्डमा हाम्रो पार्टीले सबभन्दा ठूलो पार्टी छ। बहुमतको पार्टी बनाउन अति आवश्यक छ। अहिले समावेशी समानुपातिक प्रतिनिधित्व छ। त्यसैले बहुमत आउन सक्दैन भन्ने भनाई पनि छ। तापनि हामीले आपसी मतभेदहरु हटाउन सक्यो भने, आपसका मनोमालिन्यहरु हटाउन सक्यौँ भने हाम्रो पार्टीले बहुमत ल्याउन सक्नेछ।

धेरै ठाउँमा हाम्रो पार्टीलाई प्रमुख पार्टीको रुपमा स्थापित गर्न सकियोस्। स्थायी शान्ति, यो डेमोक्रेसीलाई सुदृढ गरी सम्पूर्ण जनताले लोकतन्त्रलाई आफनो भनिठान्नु पर्नेछ। त्यसकारण लोकतन्त्रलाई सुदृढ बनाउन, स्थायी शान्ति कायम गर्न पनि नेपाली काँग्रेसले एकताबद्ध भएर अगाडि बढनुपर्छ।’

प्रतिक्रिया दिनुहोस