१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो तरकारी र फलफूलको मूल्य 

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्य आज केही घटेर आएको छ । 

तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य बढेर आएको छ भने कन्ने च्याउमा २० रुपैयाँ घट्दा डल्ले च्याउको प्रतिकेजी २० रुपैयाँ मूल्य बढेर आएको छ । परवलमा पनि प्रतिकेजी १५ रुपैयाँँले मूल्य घटेको छ । 

आज ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकेको छ । लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ छ । आइतबारको तुलनामा ठूलो गोलभेँडा प्रतिकेजी १० र सानो गोलभेँडा ५ रुपैयाँले बढेर आएको छ । समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले बढेर ३८ रुपैयाँ पुगेको छ । भारतीय सुकेको प्याज ४९ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँमा कायम रहेको छ । 

त्यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १२, भन्टा लाम्चो ४०, मकै बोडी ४०, भटमासकोशा ७०, तितो करेला ५०, लौका ६०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ५०, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ । 

त्यस्तै, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती हिजोको तुलनामा प्रतिकेजी ४० रुपैयाँले घटेर १६० मा झरेको छ ।अनार आज प्रतिकेजी २० रुपैयाँले घटेर ३८०, आँप मालदह १५०, अंगुर कालो ५५०, तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।   

प्रतिक्रिया दिनुहोस