१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाका संस्थापक कर्माचार्य भन्थे-कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको मङ्गलवार दशौँ स्मृति दिवस। विसं १९८१ कात्तिक १४ गते भाइटिकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो।

विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य थिए।

उनी विसं २००५ देखि प्रजातन्त्र संघमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए।

आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत गएका थिए। तत्कालीन राष्ट्रिय काँग्रेसलाई मिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

राष्ट्रिय काँग्रेसबाट देश र जनताको पक्षमा केही हुने नदेखेपछि उनी अर्को क्रान्तिकारी पार्टी निर्माणका क्रियाशील भएका थिए। कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित भएका थिए।

पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष भए। उनी २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

पार्टी टुटफुट र विभाजनपश्चात् विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए। यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात् एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिस्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहेका थिए। उनी जीवनभर अविवाहित रहे।

संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ।

दशौँ स्मृति दिवसका अवसरमा आज नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिस डाँडामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा माओवादी शीर्ष नेताले कर्माचार्यको पार्टी र सिद्धान्तप्रतिको निष्ठा सबैले अनुशरण गर्नुपर्ने बताएका थिए।

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले कर्माचार्यले कम्युनिस्ट पार्टीले सिद्धान्त र व्यवहारलाई सँगसँगै मिलाएर लैजानुपर्नेमा जोड दिँदै आएको बताए।

‘उहाँ ९कर्माचार्य० भन्नुहुन्थ्यो( कम्युनिस्ट आन्दोलन दुई ढङ्गले विभाजित हुन्छ, पहिलो सिद्धान्त पकड्ने नाममा जडसूत्र बन्ने र दोस्रो व्यवहारमा जानुपर्छ भनेर सिद्धान्त बिर्सने’, उनले भने, ‘व्यावहारिक बन्ने क्रममा सिद्धान्त बिर्सने र सिद्धान्तका नाममा जडसूत्र बन्नेलाई मिलाएर लैजानुपर्नेमा उहाँको जोड रहन्थ्यो।’

आफू २०४८ सालमा सांसद हुँदा दिवगङ्त कर्माचार्यले देश र जनताको पक्षमा भूमिका खेल्न सजग गराएको स्मरण गर्दै उपाध्यक्ष महराले विभिन्न टुक्रामा विभाजित कम्युनिस्ट पार्टीको एकता कायम गर्ने पक्षमा कर्माचार्य रहेको बताए।

‘पार्टी विचलित हुनुहुँदैन, एकता कायम गर्दै देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्नुहुन्थ्यो’, उनले स्मरण गरे।

माओवादीका सचिव लीलामणि पोखरेलले कर्माचार्य सधैँ पार्टी एकताको हिमायती रहेको बताए।

उनले भने, ‘कर्माचार्य जहिले पनि पार्टी विभाजनको विपक्षमा रहनुभयो, पार्टीको नीति निर्देशनलाई कडाइका साथ पालना गर्ने, विचारप्रति निष्ठावान् र सधैँ विचारमा अविचलित भइरहनुभयो।’

कार्यक्रममा माओवादी नेता कार्यकर्ताले संस्थापक सदस्य कर्माचार्यको तस्बिरमा माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस