काठमाडौँ । कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको काउन्टर साइक्लिकल बफर पुनः लागू भएको छ ।
गत वर्षको मौद्रिक नीतिमा २०८० साउनदेखि लागू हुने व्यवस्था गरिएको थियो । जसअनुसार सो व्यवस्था कार्यान्वयनमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति भने यस व्यवस्थाबारे मौन छ । काउन्टर साइक्लिकल बफर लागू भएपछि यसले उच्च ऋण प्रवाहलाई रोक्छ । अहिले ऋण विस्तार खुम्चिएको बेला यो व्यवस्था लागू गर्ने उचित समय भएको बैंकको भनाई छ । ।