१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्न जनचेतना फैलाउनु पर्ने कुरामा जोड

अ+ अ-

डोटी । डोटी जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढ्न थालेपछि यसको रोकथाम गर्न सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन ।

जिल्ला प्रशासन कार्यालय डोटी द्वारा मङ्गलवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकावालाहरुले पछिल्लो समय डोटी जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै व्यापक जनचेतना अभिवृद्धि गर्नु पर्ने कुरामा जोड दिएका छन ।

पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले डोटी जिल्लामा पछिल्लो ४ वर्षको अवधिमा २१ जना पानीमा डुबेर मृत्यु भएको जानकारी दिए ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले पानीमा डुबेर हुने मृत्यु रोकथाम दिवसको महत्त्व, विश्वको अवस्था, नेपालको अवस्था र डोटीको अवस्थाको बारेमा जानकारी समेत गराएका थिए ।

डोटी जिल्लाको सन्दर्भमा सेती नदीको आसपासमा नदीमा नुहाउने क्रममा डुबेर, बगेर मृत्यु हुनेको सख्या बढी देखिएको छ । यसै गरी बाढीमा परेर, नदीमा हाम फालेर, ट्याङ्कीमा डुबेर, नुहाउने क्रममा र मदिरा सेवन गरेर नदिमा जाँदा कैयौँको डुबेर मानिसको मृत्यु हुने गरेको छलफलमा सहभागीहरूले बताएका थिए ।

सहभागीहरूले सुरक्षा निकायको माध्यमबाट समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नु पर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनु पर्ने, स्थानीय तहले पनि आफ्ना वार्षिक कार्यक्रममा नदीमा डुबेर मृत्यु हुने घट्नामा कमी ल्याउन व्यापक सचेतनाका कार्यक्रमहरू आयोजना गर्नु पर्ने र मिडियाहरूको प्रयोग गरी पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस