८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून : विद्यार्थी ल्याउन महानगरको सक्रियता

अ+ अ-

वीरगञ्ज । प्राविधिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यार्थी ल्याउन सक्रियता बढाएको छ । वीरगञ्ज वडा नम्बर २४ र २८ स्थित प्राविधिक विद्यालयमा विद्यार्थीको अभाव हुँदा सञ्चालनमा कठिनाइ आएको भन्दै महानगरपालिकाले विद्यार्थी पठाएर सहयोग गर्न जिल्लाका सबै पालिका प्रमुखसँग आग्रह गरेको छ ।

महानगरपालिकाद्वारा आज आयोजित जिल्लाका १४ वटै पालिकाका प्रमुखसँगको अन्तरक्रिया कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भए पनि पछिल्लो समय प्राविधिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने पालिकाका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा आउने वातावरण बनाइदिन आग्रह गरे ।

वीरगञ्ज–२४ रामगढवामा रहेको शारदा प्राविधिक माविमा कृषि र पशु विज्ञानको अध्ययन हुने गरेको छ भने वडा नम्बर २८ सोलकपुरस्थित प्राविधिक माविमा पशु विज्ञानको अध्यापन हुने गरेको छ । ती दुवै प्राविधिक विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएपछि महानगरपालिकाले विद्यार्थी ल्याउने प्रयास थालेको महानगर प्रमुख सिंहले बताए ।

सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे आइएससी(एजी) र भेटेरिनरी(पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा पठनपाठन हुँदै आएको छ । विद्यालयमा उक्त विषयको पठन पाठन नि:शुल्क हुने भए पनि पर्सा जिल्लाका विद्यार्थीको उपस्थिति ज्यादै न्यून रहेको शारदा माविका प्रधानाध्यापक विनोद मेहताले बताए ।

भएका विद्यार्थी पनि अन्य जिल्लाका रहेको उनले बताए । सबै विषय अध्ययनका लागि सिटिइभिटीले ४०/४० जनाको सिट सङ्ख्या तोकेको छ । तर तोकिएको सिट सङ्ख्याबमोजिम अहिले विद्यालयले विद्यार्थी पाउन सकेको छैन ।

कार्यक्रममा ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले ठोरीमा पशु शिक्षाको अध्ययन भइरहेको भन्दै कृषि शिक्षा अध्ययनका लागि आफ्नो ठाउँबाट विद्यार्थी पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले कृषि प्रधान देश भनिए पनि कृषिलाई पेशा र व्यवसाय बनाउन नसकिएको भन्दै अब स्थानीय सरकारले नीतिगतरूपमा नै लगानी गरेर कृषि क्षेत्र सुधार गर्नुपर्ने धारणा व्यक्त गरे ।

कृषि उत्पादन वृद्धिका लागि कृषि प्राविधिक जनशक्तिको खाँचो रहेको भन्दै उनले वीरगञ्ज महानगरपालिकाको विद्यालयमा अध्यापन हुँदै आएको कृषि विज्ञान र पशु विज्ञान अध्ययनका लागि आफूहरूले विद्यार्थी उपलब्ध गराउने बताए ।

कार्यक्रममा पोखरीया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहान, बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साह, कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार, धोविनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान, पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेशा, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस