काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से सूचक ४.१४ अंकले बढेको छ ।
सोमबार र मंगलबार लगातार दुई दिन दोहोरो अंकले घटेको नेप्से आजको सुरुवाती कारोबारमा भने बढेको हो ।
यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ । ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० पटक कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढ्दा ३ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।