७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईपीएस कोरिया शाखाले भन्यो-फेक सूचनामा विश्वास नगर्नु

अ+ अ-

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ ।

ईपीएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचत रहन भन्दै यो सूचना झुटो रहेको स्पष्ट पारेको हो ।

लेटरहेड दुरुपयोग गरी गलत सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने र सरकारी लेटरप्याड कीर्ते लगायत गैरकानुनी काम गरेका व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा समेत लेखी पठाइएको ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएयस कोरिया शाखाको सामाजिक सञ्जालमा पेज बनाएर त्यसमा लोगो र लेटरप्याड समेत राख्ने गरिएको तर्फ समेत ईपीएसले सचेत गराएको छ ।

नक्कली फेसबुक खोल्ने, त्यसमा भ्रामक विषय लेखी जथाभाबी पोस्ट गर्ने र सत्यतथ्य नबुझी सेयर गर्ने प्रवृत्तिप्रति समेत कोरिया शाखाले ध्यानाकर्षण गराएको छ । कुनै पनि आधिकारिक सूचनाका लागि ईपीएस कोरियाको वेबसाइट र कोरिया शाखाले राष्ट्रिय दैनिकहरूमा प्रकाशित गर्ने आधिकारिक सूचनामा मात्र विश्वास गर्न समेत शाखाले सरोकारवालालाई सचेत गराएको छ ।

सन् २००८ देखि रोजगारीका लागि यस प्रणालीबाट ९० हजार भन्दा बढी नेपाली नागरिक कोरियामा कामका लागि प्रवेश गरिसकेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९-८० मा मात्र २२ हजार १९२ जना कामदार कोरिया पुगेका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार दक्षिण कोरियामा कामदार पठाउने १६ मुलुकमध्ये नेपाल उत्कृष्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस