८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइजरका राष्ट्रपति ‘असन्तुष्ट सुरक्षाकर्मी’को कब्जामा

अ+ अ-

काठमाडौँ । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार प्रतिष्ठित प्रेसिडेन्सियल गार्डका असन्तुष्ट सदस्यहरूले नियन्त्रणमा लिई आक्रमणको चेतावनी दिएको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ ।

पश्चिम अफ्रिकी समूह (इकोवास) ले उक्त घटनालाई ‘कू’ को प्रयास भन्दै यसको निन्दा गरेको छ । साथै, राष्ट्रपतिलाई तत्काल बिना शर्त रिहा गर्न ‘आक्रमणकारीहरू’सँग आग्रह गरेको छ ।

सन् २०२१ मा फ्रान्सको निकट सहयोगी बाजुम निर्वाचनबाट विजयी भएर नाइजरको राष्ट्रपति बनी गरिबीमा डुबेको र दीर्घकालीन अस्थिरताको इतिहासले थिचिएको देशको नेतृत्व सम्हालेका थिए । 

‘बुधबार बिहान सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयहरूमा प्रवेश बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका थिए र वार्तामा उनीहरूको माग पूरा नभएको भन्दै राष्ट्रपतिलाई रिहा गर्न अस्वीकार गरेका थिए,’ राष्ट्रपति स्रोतले भनेको छ । 

‘सेनाले आक्रमणकारीलाई नियन्त्रणमा रहेका सबै सदस्यलाई तत्काल विना शर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन चेतावनी दिएको छ,’ नाम नबताउने शर्तमा स्रोतले भन्यो ।

ट्वीटरमा ‘एक्स’ नामबाट दिइएको सन्देशमा राष्ट्रपतिको कार्यालयले भनेको छ, ‘प्रेसिडेन्सियल गार्ड (पिजी) का केही व्यक्तिले आवेगमा आई राष्ट्रपतिलाई घेराऊ गरेको र राष्ट्रिय सशस्त्र बल र राष्ट्रिय गार्डको समर्थन प्राप्त गर्ने असफल ‘कू’ को प्रयास गरेका थिए ।’ 

‘सेना र राष्ट्रिय गार्डले राष्ट्रपतिलाई आक्रमण गर्ने उक्त समूहलाई चेतावनी दिँदै यदि उनीहरू शान्तिपूर्ण रूपमा सहमतिमा नआएमा उनीहरूको प्रतिकार गरी राष्ट्रपतिलाई सहयोग गर्न तयार रहेको छ,’ राष्ट्रपतिको कार्यालय स्रोतले नाम गोप्य राख्ने शर्तमा भनेको छ । 

स्रोतका अनुसार राष्ट्रपति र उनको परिवार स्वस्थ अवस्थामा रहेका छन् । सुरक्षाकर्मीको रिसको कारण भने खुलाइएको छैन ।

एएफपीका एक संवाददाताका अनुसार नियामीस्थित राष्ट्रपति भवनसम्म प्रवेशमा रोक लगाइएको छ । यद्यपि उक्त क्षेत्रमा कुनै असामान्य सैन्य तैनाथी वा गोली चलेको आवाज आएको छैन र यातायात सामान्य रहेको छ ।

नाइजेरियाबाट जारी विज्ञप्तिमा इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित एक नेताविरुद्ध ’कू’ को प्रयास हुनु निन्दनीय छ ।

उक्त समूह र अन्तर्राष्ट्रिय समुदायले बाजुम, उहाँको परिवार, सरकारका सदस्य र सर्वसाधारणको सुरक्षाका लागि संलग्न सबैलाई जिम्मेवार ठहर्‍याउने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस