७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविले प्रश्नपत्र त्रृटिबारे छानबिन गर्ने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रृटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

उनले आगामी दिनमा प्रश्नपत्र त्रृटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाएको छ । यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्ष स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय (‘इन्ट्रडक्सन टु टुरिज्म डेभलपमेन्ट) ४२५’ विषयको सट्टा असार २८ गते सम्पन्न भइसकेको ‘भारतको आधुनिक इतिहास (हिस्ट्री अफ मोडर्न इण्डिया) ४१०’ विषयको प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएको थियो ।

प्रश्नपत्र फरक परेको आधा घण्टाभित्र सबै परीक्षा केन्द्रमा पुनः पर्यटन विकासको परिचय प्रश्नपत्र परीक्षार्थीलाई उपलब्ध गराइएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।

उनान्तीस वटा ऐच्छिक विषयमध्ये कुनै दुई वटा विषय छनोट गर्नुपर्ने कारण परीक्षाको अवधि छोटो बनाउन साउन ४ र साउन ८ गते दिन ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषय छनोट गर्नुपर्ने व्यवस्थाअनुसार दुवै दिन २९ वटै विषयको प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएकोमा साउन ८ गतेको प्रश्नपत्र पर्यटन विकासको परिचय विषयमा आधुनिक भारतको इतिहास विषयको समावेश हुन गएको अवस्थाले घटना घट्न गएको उनले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

परीक्षा नियन्त्रक जोशीले उक्त घटना परीक्षा अवधिमै समाधान भइसकेको भन्दै देशभरिका ३० वटा केन्द्रमा सञ्चालित परीक्षामा आठ सय ६९ परीक्षार्थीलाई परीक्षा सञ्चालनमा पुग्न गएको अप्ठेरो परिस्थितिमा पनिकाको ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस