१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ अर्बभन्दा बढीको फलफूल आयात

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष ०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौँ रकम बाहिरिरहेको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा रु. १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।

सात अर्ब बढीको स्याउ आयात

विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ।

सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ। चीनबाट मात्र रु पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। त्यस्तै, भारतबाट रु एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्विजरल्यान्डबाट रु २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ।

अङ्गुर आयातमा दुई अर्ब बाहिरियो

गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी अङ्गुर आयात भएको छ। त्यसबाट सरकारले रु ११ करोड एक लाख ७० हजारको राजस्व सङ्कलन गरेको छ।

ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट रु दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीनबाट रु दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ। कुल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ। जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ।

सार्वजनिक विवरणअनुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ। त्यस्तै, एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ। साथै, दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ।

नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ। मेवाको आयात मूल्य रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भूइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ।

त्यस्तै, रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोकाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किवी आयात भएको छ।

प्रतिक्रिया दिनुहोस