काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषाले पर्वको नाममा सार्वजनिक स्थलहरूमा घरेलु हातहतियार प्रदर्शन नगर्न अपिल गरेको छ ।
एक सूचना जारी गर्दै धनुषाका जिल्ला प्रशासनिक कार्यालयले सार्वजनिक स्थलहरूमा हातहतियार प्रदर्शन नगर्न भनेको हो । मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै कार्यालयले पर्वहरूलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एवं सुरक्षित ढङ्गले मनाउन अनुरोध गरेको छ ।
‘पर्वको अवसरमा सार्वजनिक स्थलहरूमा कुनै पनि किसिमको घरेलु हातहतियार खुकुरी, तरबार, भाला, फर्सा आदी प्रदर्शन नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ’, सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी कुनै किसिमको कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।’
