६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमै वित्तीय विवरण बुझाउन धितोपत्र बोर्डको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई सूचना, जानकारी तथा विवरणहरू समयमै पेश गर्न निर्देशन दिएको छ ।

बोर्डले समयमै निर्देशन पालन नगर्ने सूचीकृत कम्पनीलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । समयमा वित्तीय विवरण र वार्षिक प्रतिवेदन पेश नगर्ने संस्थालाई कारबाही गर्ने चेतावनी बोर्डले दिएको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरू त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

त्यस्तै धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र बोर्डमा पेश गर्न निर्देशन दिएको हो ।

बिहीबार एक सूचना जारी गर्दै संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्य-मुख्य बुँदाहरू सहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्न निर्देशन दिएको हो ।

बोर्डले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई तीन दिनभित्र पेश गर्न समेत निर्देशन दिएको हो ।

यस्तै धितोपत्र सम्बन्धी कानुनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरू उल्लेखित समयमा नै पेश गर्नुपर्ने सूचना उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस