७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ सय ८६ जना प्रहरी कर्मचारी बढुवा सिफारिस 

प्रहरी सम्पर्कविहीन
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उप-समूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।

यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो । 

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी सङ्गठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । साथै प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधिरकम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उप(समूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उप-समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी जनपद समूहतर्फ जम्मा १ सय २२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूह ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना र सूचना प्रविधिरकम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, सङ्गीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल ईन्जिनियरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधिरकम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

त्यसैगरी प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र सङ्गीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि–कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक ईन्जिनियरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा  सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस