बुटवल । नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले सुन काण्डको जरैदेखि अनुसन्धान नभए काँग्रेसले सरकारका मन्त्रीहरुको राजीनामा माग्ने बताएका छन् ।
प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक/एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए । ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,’ उनले भने, ‘नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’
नेता पौडेलले काँग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए । सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरुलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।
नेता पौडेलले सङ्घीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब सङ्घ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरु मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्व मन्त्रिपरिषद् र सांसद संख्या घटाउन राजीभए अनावश्यक बोझिलो कर्मचारीतन्त्र घटाउनसमेत सकिने उनले बताए । ठूलो संख्या भए पनि उपलब्धिमूलक काम नभएको र नागरिकको मन जित्न नसकेकाले काँग्रेसमार्फत सङ्घीयतालाई छरितो बनाउन राजनीतिक बहस चलाउनुपर्ने उनको भनाइ थियो ।
सम्बन्धित समाचार : सरकारकै मिलेमतोमा सुन तस्करी : अध्यक्ष ओली
सम्बन्धित समाचार : ‘ब्रेक शु’बाट सुन झिकेर रिप्याक !
सम्बन्धित समाचार : सुन प्रकरण : चाइनिजले भाडामा लिएको एक घरमा विभागको छापा
सम्बन्धित समाचार : तस्करीको एक क्विन्टल सुन गालेको प्रत्यक्ष प्रसारण गरिने
सम्बन्धित समाचार : सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि समिति गठन गर्न माग
सम्बन्धित समाचार : भन्सारबाट हुने अवैध कारोबार रोक्न सबै सरकारी निकायको समन्वय आवश्यक : अर्थमन्त्री
सम्बन्धित समाचार : सुन प्रकरणमा थप एक जना पक्राउ
सम्बन्धित समाचार : सुन प्रकरणमा विभागद्वारा व्यवसायी अडुकियाको घरमा छापा
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन काँग्रेसको माग
सम्बन्धित समाचार : भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजियो : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने
सम्बन्धित समाचार : सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफ माग्ने काँग्रेसको तयारी
सम्बन्धित समाचार : गृहमन्त्रीलाई राप्रपाको प्रश्न-महरालाई किन पक्राउ नगरेको ?
सम्बन्धित समाचार : गृहमन्त्रीले राजीनामा होइन, सुन प्रकरणबारे जवाफ दिनुपर्छ : राप्रपा
सम्बन्धित समाचार : सुन प्रकरणबारे ओलीको टिप्पणी : गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, त्यत्तिकै छोड्दैनौँ
सम्बन्धित समाचार : सुनकाण्डको अनुसन्धानका लागि विभागद्वारा प्रहरीसँग सहयोग माग
सम्बन्धित समाचार : पुरस्कारको व्यवस्थाले सय किलो सुन समात्यौँ : अर्थमन्त्री महत
सम्बन्धित समाचार : सुन तस्करीमा पक्राउ परेका ३ कर्मचारीसहित ६ जनामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप
सम्बन्धित समाचार : सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित ६ जना पक्राउ
सम्बन्धित समाचार : सुन तस्करी सेटिङबिना सम्भव छैन, कुन तहसम्मको मिलेमतो छ भन्ने मात्रै हो
सम्बन्धित समाचार : सुन प्रकरणमा कार्गो सञ्चालक पक्राउ
सम्बन्धित समाचार : विमानस्थल भन्सार गोदाममा थप ६ कार्टुन फेला, सुन भएको आशङ्का
सम्बन्धित समाचार : सुन प्रकरणको अनुसन्धान स्वतन्त्र र निष्पक्ष हुन्छ : गृहमन्त्री श्रेष्ठ
सम्बन्धित समाचार : गृहमन्त्री श्रेष्ठद्वारा विमानस्थल क्षेत्रको अनुगमन
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः पक्राउ परेकाहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः थप एक जना चिनियाँ नागरिक पक्राउ
सम्बन्धित समाचार : एयरपोर्टमा बरामद ‘ब्रेक सु’सहितको सुनको तौल राष्ट्र बैंकले जोख्दा १५५ केजी
सम्बन्धित समाचार : सुन बरामद प्रकरणः विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
सम्बन्धित समाचार : परीक्षणका लागि आठवटा बाकसमा ल्याइयो बरामद सुन (तस्बिरहरू)
सम्बन्धित समाचार : ब्रेकिंङ: थप सयौँ किलो सुन लुकाएको आशङ्कामा राजश्व महानिर्देशक विमानस्थलस्थित भन्सारमा
सम्बन्धित समाचार : सुन प्रकरणकाे छानबिनका लागि छ सदस्यीय समिति गठन
सम्बन्धित समाचार : सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
सम्बन्धित समाचार : विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद