काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस काम गर्ने पार्टी भएको बताएका छन् । नुवाकोट कांग्रेसका खीर खाने र चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अरुले कुरामात्रै गर्ने गरेको टिप्पणी गरे ।
उनले भने, ‘कांग्रेस काम गर्ने पार्टी हो । तर, हामी प्रचार गर्दैनौं। हामी प्रचार गर्छौ एकअर्काको कमीकमजोरीबारे मात्रै । अहिले सामाजिक सञ्जाल छँदैछ सजिलै जहाँतहीँ पुग्छ । सामाजिक सञ्जालमा एकअर्कालाई होच्याउने काम बन्द गरौं । पार्टीको मिटिङबाट कामको बारेमा निर्णय गरेर जनताको बीचमा लैजाऔं ।’
अर्थमन्त्रीसमेत रहेको महतले अरुको तुलनामा अहिलेको सरकारले गर्व गर्ने काम गरेको बताए। बैठकमा पनि भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा अन्त्य गर्नको लागि बैठक लाइभ गरेको बताए । तर, उनले अहिले आवश्यक ठानेर बैठक लाइभ गरेको भएपनि सधैं नहुनपनि सक्ने उनको भनाइ छ ।