७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा डेंगु नियन्त्रण गर्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

अ+ अ-

बैतडी । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी ती महिलाको रगत परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको उनले बताए । ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिन्छ । आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन प्रमुख भट्टले आग्रह गरे ।

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देख्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा सन् २०२३ को हालसम्म तीन सय २५ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि आजदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको छ । डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि सदरमुकाम गढी, गोठलापानी, शाहिलेक क्षेत्रमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयवासी खटिएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस