१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

अ+ अ-

ढोरपाटन । वरपर जङ्गलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार । उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो । विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरबिर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ । मध्यपहाडी लोक मार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्धविहार नजिकै रिघा गाउँ छ । मौलिक गाउँका रूपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्धविहारका कारण दैनिक घुम्न आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको हो ।

उक्त गाउँ र बुद्धविहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ । कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ । प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताए ।

विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचार प्रचारमा लाग्नुपर्ने बताए ।’रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा पर्‍यो, अहिले केही परिवर्तन हुन थालेको छ, प्रचार हुन थालेको छ, त्यही भएर पनि होला मान्छेहरू पनि आउन थालेका छन्,’ उनले भने, ‘धार्मिक आस्था राख्नेहरू पनि प्रवचन सुन्न आउने गर्छन् भने, अरूहरू फोटो तथा भिडियो खिचेर जान्छन्, पहिले खासै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरैजसो बुद्धविहारसम्म जान्छन् ।’

बुद्धविहार स्थानीयवासीको जनश्रमदानसहित करिब एक करोडको लागतमा निर्माण भएको हो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवर्द्धनका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरिँदै आइएको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताए ।

केही समय अगाडिसम्म गुमनामजस्तै रहेको यस क्षेत्रबारे अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रझैँ महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ थियो। अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतीक्षालय, खानेपानी व्यवस्थापन बगैँचा र पोखरी निर्माण गरिने र वरपरका क्षेत्रलाई पिकनिक स्पटका रूपमा विकास गरिने वडाध्यक्ष श्रीसले उल्लेख गरे । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट रु १५ लाख विनियोजन भएकाले यसबाट विहारको तला थपिने र बगैँचा पनि निर्माण गरिने उनले जानकारी गराए ।

हाल यस क्षेत्रमा वृक्षारोपण भइरहेको छ । राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशीका साथै धार्मिक पर्यटक पनि आउने सम्भावना रहेको छ । अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका छन् । लोक मार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने वडाध्यक्ष श्रीसले बताए । ‘रिघा गाउँ र बुद्ध विहारलाई जोडेर ‘पयटकीय हब’ का रूपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,’ उनले भने, ‘यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।’

प्रतिक्रिया दिनुहोस