९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेर्दै जानुहोस् ठूला नेताको नाम आएपछि सुन काण्ड पनि सेलाएर जान्छ : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहीनताको अन्त्य गर्ने हो भने नेपालको भविष्य उज्ज्वल रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखा प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा नेता कोइरालाले भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको भन्दै देशमा कुनै घटना भए पनि माथिल्लो तहको मानिसको सहभागिताले हराएर जाने प्रवृत्ति बढेको पनि बताए ।

उनले भने, भ्रष्टाचारले देशलाई हरेक क्षेत्रमा गाँजेको छ, अहिले जुन सुन काण्ड आएको छ त्यो पनि सामान्य भएर जान्छ किनभने त्यसमा माथिल्लो तहको मानिसको सहभागिता हुन्छ । यो केश चल्दा चल्दै अर्को काण्ड आउँछ हामीले कुनै पनि केशलाई निष्कर्षसम्म पुर्‍याएको छैन । किनभने ठूलो तहको सहभागिता हुन्छ । नेपालको भविष्य नभएको होइन, भ्रष्टाचार हटाउने, सुशासन कायम, दण्डहीनताको अन्त्य, गर्न सक्यौ भने नेपालको भविष्य उज्ज्वल छ ।

नेता कोइरालाले देश अप्ठ्यारो र अराजकतातिर गइरहेको भन्दै जिल्ला र सर्वोच्च अदालतले फैसला गरेका व्यक्ति पनि राजनीतिक लेप लगाएर छुट्ने गरेको बताए ।

उनले भने, देश अप्ठ्यारो र अराजकतातिर गइरहेको छ, भ्रष्टाचारले गाँजेको छ हाम्रो देश, अर्को कुरा दण्डहीनता हत्या गर्ने काम हुन्छ, राजनीतिक लेप लगाइदिन्छौ, अनि त्यो छुट्छ । जिल्ला अदालत, सर्वोच्च अदालतले फैसला गरेका व्यक्तिहरू पनि छुटेका हुन्छन् । यस्तो कुरालाई सही दिशामा लान सकेनौ भने देश अराजकता तिर जान्छ र गइरहेको पनि छ ।

यस्तै, कोइरालाले कुनै घटना भयो, अगाडि बढ्यो भने तीन जना शीर्ष नेताहरूको बैठक र छलफल सुरु हुने भन्दै पत्रकारहरूले यस्तो कुराहरूलाई ध्यानमा राखेर उजागर गर्न सक्ने हो भने देश अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस