९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललिता निवास प्रकरणमा अधिकृत थुनेर प्रधानमन्त्रीलाई छाडीयो : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा तत्कालीन प्रधानमन्त्रीहरू तानिने भएपछि सामसुम पार्न खोजिएको आशङ्का गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा डा. कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याउने गरिएको बताए ।

कोइरालाले भने, ‘शरणार्थीपछि ललिता निवास प्रकरण आयो, त्यो इस्यु पनि अघि बढ्दै गयो ठ्याक्कै गएर रोकिएको छ किनकि माथि कोही न कोही मानिसहरू परेका छन् । अब यस्तो पनि कहीँ हुन्छ ? शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ मन्त्रिपरिषद्‌मा लैजाने भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ तिनीहरूलाई चाहिँ छुँदैन ।’

ललिता निवासको जग्गाको सन्दर्भमा मन्त्रिपरिषद्‌बाट निर्णय गर्ने बेला प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई थिए ।

प्रतिक्रिया दिनुहोस