काठमाडौँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक केही समय अघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ।
बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ। बैठकअघि पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारमा सहभागी हुने एजेण्डासहित बैठक बस्न लागेको बताएका हुन्।