८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गरिबी हटाउने योजनाको डीपीआर बनाउन खोज्दा ओलीले रोके : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन् ।

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकबाट गरिबी हटाउने आफूहरूको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरे ।

उनले भने ‘ राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो । यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नु भयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नु भयो । आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउन र लागू गर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो । ’

समाज परिवर्तन गर्ने हो भने युवाहरूलाई अगाडि बढाउनु पर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भए पनि अगाडि बढ्न बढी संख्या नचाहिने पनि भुसालले प्रष्ट पारे ।
उनले भने ‘ एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरू सम्पन्न गर्छौ । त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ । यसले हामीलाई सक्षम बनाउन सक्छ । राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौ । ’

७ महिनाभित्रमा समाजवादी पार्टीलाई आफूहरूको एजेण्डा वरिपरि ल्याउन सम्भव हुने उल्लेख गर्दै उनले माओवादको परिभाषाले आजको नेपाली समाज नबन्ने बताए ।

मन्त्री ज्वालाले अगाडि भने ‘ आजको राज्य, समाज दोहन गर्ने राज्यहरूलाई वरिपरि राखेर आफ्नो सत्ता बचाइरहेका छन् । ओलीको त्यो सत्ताले एमाले ओरालो लाग्यो र लागि रहेको छ। त्यो अब कहिले उठ्दैन, अगाडि जादैँन्, कांग्रेस पनि केही नयाँ आएर उठाउँछन् भनेको थियो तर बनाउँदैनन् । निजी क्षेत्रलाई स्वतन्त्र गरेर मुलुकको विकास हुने कांग्रेसको सिद्धान्त उदारवाद त्यो काम लागेन र लाग्दैन । यसकारण पनि हाम्रो लागि स्थान छ हामी बस हाम्रो योजनामा स्पष्ट हुनुपर्छ र प्रतिबद्ध हुनुपर्छ हामीलाई चाहिएको यही हो । ’

उनले २ वर्षमा नयाँ बाम विकल्प तयार पार्ने र यो मुलुकको आवश्यकतालाई सम्बोधन गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस