११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलको रुख मुनीको ढुङ्गा

अ+ अ-

जन आन्दोलनको सफलता पश्चात् भरखर देशमा पञ्चायती व्यवस्था ढलेर प्रजातान्त्रिक शासनको सुरुआत भएको थियो। नयाँ संविधान अनुसार भएको आम निर्वाचनको परिणामले जनतामा आशा जगाएको थियो भने कर्मचारीहरुले पनि केही स्वतन्त्रता आएको महसुस गरेका थिए। कार्यालयका हाकिमहरूले पहिला जस्तै कर्मचारीमाथि  हुकुमीशैली अपनाउन सक्ने अवस्था थिएन। हाकिमहरू कर्मचारीसँग सतर्क नै थिए किनकि कतिपय नेताहरुले कर्मचारीलाई आफ्नै साथी जस्तै व्यवहार गर्थे भने कतिले त भूमिगत कालमा कर्मचारीहरुसँग सेल्टर पनि लिएका कुरा बताउने गर्थे।

हाकिमहरूको निजी काममा कर्मचारीसँग सहयोग माग्ने हिम्मत थिएन, भन्नू भन्दा पनि यस्ता कुरा गर्दा सिधै कारवाहीमा परिएला भन्ने डर व्याप्त थियो। तराईको ठाउँ थियो, फाल्गुनको अन्तिम साता। पछि घाम ताप्न नपाइने भएकोले हाकिम सा’प बेलको रुखको नजिक कुर्सी राखेर घाम ताप्दै हुनुहुन्थ्यो। घडीले १० बजाउने तरखर गर्दा कर्मचारीहरू कार्यालय आउन थालेका थिए। हाकिमलाई बाहिर देखेर नमस्कार गर्दै भित्र गएर आ-आफ्नो काममा लागे।

एक जना कर्मचारी फटाफट आएर बेलको रुख मुनी गयो  र त्यहाँ  रहेको ढुङ्गालाई नमस्कार गरेर भित्र पसेर आफ्नो काममा लाग्यो। हाकिमलाई अचम्म लाग्यो। साँझमा पनि हाकिम सा’प अफिस बन्द हुनुभन्दा केही समय अगाडि कुर्सी राखेर बाहिर बस्नु भयो। सबैले हाकिमलाई नमस्कार गरेर घरतिर लागे तर बिहान बेलको रुख मुनीको ढुङ्गालाई नमस्कार गर्नेले साँझ पनि त्यही ढुङ्गालाई नमस्कार गरेर घर गयो।  हाकिम सा’पले लगातार एक हप्तासम्म हेर्दा पनि त्यही अवस्था दोहरिएको पायो। बेलको रुख मुनीको ढुङ्गालाई नमस्कार गर्ने कर्मचारीले हाकिमलाई नमस्कार गरेन। हाकिमलाई कारण पत्ता लगाउन मन लाग्यो।

हाकिमले आउने शुक्रवार आफ्नो विशेष दिन भएकोले सबै कर्मचारीलाई भोज खुवाउने कुरा बताए। त्यही अनुसार भोजको तयारी भयो, खसी काटिए, रक्सीको ग्यालेन भित्र्याउन कुनै कसर राखिएन। सबै कर्मचारीको सहकार्यमा भोजका परिकार तयार भयो। भुटुवा, रक्ती, टाउको फ्राई, कबाफ, हड्डीको सुप, आलुको अचार, आलु-तामा, पनिर लगायतका परिकार र सोमरसका विभिन्न प्रकार समावेश गरिए। सबैले हाकिमको गुणगान गर्दै खान शुरु गरे। खानाको साथमा सोमरसको नसा केही लाग्दै थियो। हाकिम सा’पले सधैँ बेलको रुख मुनीको ढुङ्गामा नमस्कार गर्ने कर्मचारीलाई बोलाउनु भयो। उसले हात जोड्दै अलि अलि नसाको सुरमा भन्यो ‘श्रीमान आज्ञा होस’ ! हाकिमले सोधे तपाईंले किन सधैँ बेलको रुख मुनीको ढुङ्गालाई नमस्कार गर्नु भएको ? उसले हाँस्दै गिज्याएको भावमा भन्यो त्यति कुरा सोध्न हजुरले भोजको आयोजना गर्नु भएको हो ? हाकिमले होइन भने।

सबै कर्मचारी खान छोडेर हाकिमतिर ध्यान दिए। उसले हाँस्दै भन्यो ‘हजुर यो कार्यालयमा आउनु भएको करिव ६ महिना भयो। पहिलो ४ महिना मैले हरेक दिन बिहान र साँझ हजुरको कोठामा पसेर नमस्कार गरें। हजुरले न नमस्कार फर्काउनु भयो न केही बोल्नु भयो। हजुरले नमस्कार गरेको देखे नदेखेको केही भेउ पाउन सकिन। अनि मैले सोचेँ यो रुख मुनीको बेलको ढुङ्गोलाई नमस्कार गर्दा के होला भनेर कोसिस गरिहेरेको। मलाई त हजुर र यो बेल मुनीको ढुङ्गामा केही फरक लागेन। तर आज खुसी लाग्यो हजुरलाई मात्र नमस्कार गरेको भए केही पाउँदैन थिएँ, रुख मुनीको ढुङ्गाले त भोज पनि खुवायो !

कतै  प्रशासन यस्तै त छैन, किमकर्तव्य विमुख ! भनेको केही नसुन्ने, लेखेको पढ्न नजान्ने, गरेको केही नदेख्ने अनि हरेक कामको लागि आदेश खोज्ने ! कतै सरकारी कर्मचारीलाई ‘बेलको रुख मुनीको ढुङ्गा’ जस्तै त भन्दैनन् नि ! घरमा खाना खान पनि आदेश चाहिने। कतै पढे लेखेका अविवेकशील र स्वार्थीको जमात होइन नि सार्वजनिक सेवाका सेवा प्रदायक मानिसहरू !

प्रतिक्रिया दिनुहोस