६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेखर्कवासी

अ+ अ-

काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन्। बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन्।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन्। सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउने लगायतका काम गरिरहेको स्थानीयवासी टंक घिमिरेले बताए। स्थानीयको श्रमदानले राज्यको धेरै बजेट बचत हुने उनको भनाइ छ।

‘आफ्नो ठाउँ कस्तो बनाउने हाे, स्थानीयको ठूलो भूमिका हुन्छ’, उनले भने, ‘हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ तर त्यस्तो होइन। हामीले यस्ता साना काम गर्न सक्यौं भने राज्यको निकै ठूलो लगानी बच्छ। हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौं।’

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै  यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङपाहाङले बताए।

त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष माङपाहाङको भनाइ छ।

यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङपाहाङले बताए।

‘स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन’, वडाध्यक्ष माङ्पाहाङले भने, ‘प्राकृतिक विपत्तिका कारण सयौं ठाउँमा सडक बिग्रिएको छ। सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौं।’

यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङले बताए।

बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लास्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ।

‘हामीले श्रमदानमार्फत विभिन्न काम गर्दै आएका छौं’, उनले भने, ‘खास गरी डम्पिङ क्षेत्र नहुँदा फोहर व्यवस्थापनमा समस्या रहेको छ। नजिकमा रहेको जग्गा स्थानीयवासीको भएका कारण प्लास्टिक तथा बोलत व्यवस्थापन गर्न समस्या छ। यसमा सबै क्षेत्रको सहयोग भए सहज हुने थियो।’

यहाँ महिनामा दुई पटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानि पुर्‍याउने खालका धेरै फोहर संकलन हुने उनको भनाइ छ। फोहर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङले बताए।

प्रतिक्रिया दिनुहोस