८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण मत्स्यनारायणमा

अ+ अ-

काठमाडौँ । भगवान् विष्णुले पहिलो अवतार लिएको विश्वास गरिने मत्स्यनारायण (मच्छेनारायण) मन्दिर क्षेत्रमा चौँथो हप्ताको सूचनाको हकका लागि समुदाय जागरण अभियान गरिएको छ ।

गत असार अन्तिम साता विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु गरिएको उक्त अभियान, विश्व सम्पदा क्षेत्र पशुपति बूढानीलकण्ठ हुँदै मत्स्यनारायण मन्दिर क्षेत्रमा गरिएको हो । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा  कीर्तिपुर नगरपालिका-४ बाट सुरु भएको अभियान मत्स्यनारायण मन्दिर क्षेत्रस्थित चन्द्रागिरि नगरपालिका- मच्छेगाउँमा पुगेर समापन गरिएको थियो । ‘सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ सुरु गरिएको प्रभात फेरीमा ‘सूचना किन माग्ने र?’, ‘सूचना कहाँ माग्ने र?’, ‘कस्ता सूचना माग्ने र?’, ‘सूचना कसरी माग्ने रु’, ‘कस्कालागि माग्ने र?’, ‘सूचना नदिनेलाई के हुन्छ र?’ लगायत नारा लेखिएको पर्चा वितरण गरिएको थियो ।

अभियानमा स्थानीयवासी, जनप्रतिनिधि र पुरुषोत्तममासको अवसर पारेर मत्स्यनारायणको दर्शन एवं पूजा, आराधनामा आएका भक्तजनको पनि सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले जनतालाई खुसी बनाउन अभियानका रूपमा यो कार्यक्रम सुरु गरिएको बताए । 

उक्त अभियानलाई काठमाडौँका तीर्थस्थलमा निरन्तरता दिइने उपाध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।  साउनको अन्तिम साता मैतीदेवी मन्दिर क्षेत्र, डिल्लीबजार एवं घट्टेकुलो क्षेत्रमा पनि सो  अभियान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस