७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिपरमा यात्रु ओसार्दै चौकुने गाउँपालिका

अ+ अ-

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रु बोक्न थालेको छ ।

यातायात व्यवसायीले ज्यादती गरेको भन्दै अलपत्र परेका यात्रुहरूलाई टिपरमार्फत गन्तव्यमा पुर्‍याउन लागेको हो ।

गाउँपालिका अध्यक्ष खड्क विकका अनुसार एक-डेढ महिना देखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै यातायात सेवा ठप्प पारेका छन् ।

यातायात सञ्चालनका लागि पटक-पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने गाउँपालिकाका अध्यक्ष विकले बताए ।

अध्यक्ष विकले भने,‘आज एक-डेढ महिना भइसक्यो, बर्खामा गाडी चलिरहेको बाटोमा सडक राम्रो छैन भन्ने आयो, सडक त राम्रै छ । यातायातका साथीहरूलाई पटक-पटक आग्रह गर्‍यौँ । तर उहाँहरूले वास्ता गर्नुभएन ।’

नागरिकलाई सास्ती हुन थालेपछि शनिबारबाट पालिकाको टिपरमै निःशुल्क रूपमा यात्रु बोक्न थालेका अध्यक्ष विकको भनाई छ ।

‘नागरिकलाई सास्ती हुन थाल्यो, अलपत्र पर्या छन् । उनीहरूको उद्धार गर्नुपर्‍यो । त्यही भएर शनिबारबाट पालिकाको टिपरमै निःशुल्क रूपमा यात्रु बोक्न थालेका छौँ,’ अध्यक्ष विकको भनाई छ ।

यातायात व्यवसायीहरूले सवारी सञ्चालनमा नल्याए गाडी भाडामा लिएर भए पनि सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । पालीकाले आफ्नै सरकारी गाडी किन्न प्रक्रियाका कारण समय लाग्ने भएकाले भाडामा लिएर भए पनि सेवा दिन लागिएको उनले बताए ।

उनले भने, ‘नागरिकहरूलाई सेवा दिन हामी गाडी भाडामा लिएर सञ्चालन गछौँ, पालीकाले आफ्नै गाडी किन्न समय लाग्ने त्यही भएर भाडामा लिने तयारी गरिएको हो ।’

यातायात व्यवसायीले सडकको कारण देखाए पनि स्थलगत अनुगमनका पश्चात् त्यस्तो कुनै समस्या नरहेको अध्यक्ष विकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस