काठमाडौँ । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीलाई बुझाउने भएको छ ।
विभागले उच्च सरकारी वकिलको कार्यालयको राय समेत लिएर राजस्व चुहावटको अनुसन्धानको फाइलसमेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाउने तयारी गरेको हो । विभागले केहीबेरमा यसबारे पत्रकार सम्मेलन गर्दैछ ।
राजस्व चुहावटको अनुसन्धान र मुद्दा चलाउने जिम्मेवारी राजस्व अनुसन्धान विभागको हो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा ‘सङ्गठित अपराध’ मा अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । त्यसपछि राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको अनुसन्धानको जिम्मेवारी समेत प्रहरीलाई दिने तयारी गरेको हो ।