काठमाडौँ । गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी(प्रजिअ) पठाएको छ ।
गृह मन्त्रालयले आइतबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने जाजरकोटमा गृह मन्त्रालयका उपसचिव सुरेश सुनारलाई पठाइएको छ । अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराज न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।