९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व हो : मन्त्री महर्जन

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताएका छन् । 

घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला साना तथा मझौला उद्योग प्रवर्द्धनको जिम्मा सरकारको रहेको भन्दै यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर उकास्न सकिने धारणा राखे ।

साना उद्योगलाई दिगो बनाउने विषय प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै उनले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष श्याम गिरीले सङ्घीयता कार्यान्वयनपछि अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्ने भए पनि तीन तहको सरकारमा अलमल भएको बताए । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघु, घरेलु तथा साना उद्योगका विषय नसमेटिएको भन्दै उनले बैंकको दबाबले गर्दा उद्योगी आफ्नो व्यवसाय छाड्ने अवस्थामा पुगेको बताए ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरुले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाउँदा जटिल अवस्था सिर्जना भएको भनाइ राखे । 

घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँका अध्यक्ष पदमकुमारी कार्कीले ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौ’ भन्ने नारालाई महासङ्घका जिल्ला र पालिका स्तरबाट अभियानकैरुपमा विकास गर्नुपर्नेमा जोड दिए । देशकै अर्थतन्त्रको जगका रूपमा रहेका साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि व्यवसायीले त्यसको उपभोग गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस