८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे ।

उनले भने, ‘नेपाली नागरिक महिलाले विदेशी बाबुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानुनसँग मेल खाँदैन । त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन् । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।’

गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अंगीकृत नागरिकता सरल रूपमा प्रदान गर्ने र त्यस्मा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे । त्यस्तै उनले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो संख्यामा जन्मसिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकाप्रति ध्यानाकर्षण भएको बताए ।

सकेसम्म सहज र छोटो समयमा उनीहरूलाई नागरिकता प्रदान गर्न सरकारले पहल गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस