११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्शकको रोजाइमा आधुनिक चलचित्र भवन

अ+ अ-

काठमाडौँ । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले स्थान पाउन थालेपछि चलचित्र हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा सुविधा सम्पन्न भवन पर्न थालेका छन् । 

अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् ।

प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव महर्जनले पुराना शैलीका चलचित्र भवन लगभग विस्थापित भएको बताए । “अहिले सानो क्षमताको भए पनि आधुनिक प्रविधि र सुविधा सम्पन्न भवन गाउँसम्म पुगेका छन्”, उनले भने, “त्यसैले पुराना कि त बन्द भएका छन् वा नयाँ शैलीमा रूपान्तरण भएका छन् ।” उनका अनुसार दसैँ अगाडि नै काठमाडौँ र मोफसलमा केही चलचित्र भवन थपिँदै छन् । 

नेपालमा ‘थ्री डी’ चलचित्र हेर्न पाइने भन्दै महासचिव महर्जनले विश्वभर लोकप्रिय भइरहेको ‘आइम्याक्स’ प्रविधि भने अहिले नेपालमा भित्रिने सम्भावना कम रहेको जानकारी दिए । “आर्थिक लागत र आइम्याक्समा चाहिने दर्शक सङ्ख्या अभावका कारण उक्त प्रविधि नेपालमा आउन समय लाग्छ । अहिले भइरहेको आधुनिक प्रविधिलाई मोफसलका सहरमा पुर्‍याउनेतर्फ हामी केन्द्रित छौँ”, उनले भने । 

ग्रामीण क्षेत्रमा नयाँ चलचित्र भवन बने पनि सहर केन्द्रित सुविधा भने अझै नभएको महर्जनले बताए । उनका अनुसार प्रदर्शन डिजिटल प्रविधिमा भए पनि आधुनिक सुविधा नहुँदा धेरै चलचित्र भवनले राम्रो आयआर्जन गर्न सकेका छैनन् । 

भदौदेखि आश गरिएका चलचित्र प्रदर्शन हुने मिति तय भएका छन् । “दर्शक नयाँ विषयवस्तुका चलचित्र सुविधा सम्पन्न तरिकाले हेर्न रुचाउछन्”, उनले भने, “चलचित्रको चर्चा नभए दर्शक हलसम्म पुग्ने परिपाटी नै सकिएको छ ।”

चलचित्र वितरण संस्था डिजिटल सिनेमा नेपालका अध्यक्ष अशोक शर्माले नेपालमा डिजिटल प्रविधि भित्रिएसँगै चलचित्र हेराइमा आधुनिकता देखिएको बताउनुभयो । “अहिले एकल पर्दा रहेका पुरानो शैलीका चलचित्र भवन लगभग छैनन् भन्दा फरक पर्दैन”, उनले भने, “दर्शक त्यस्ता हलमा जानै छोड्नु भएको छ । उनीहरू पनि गुणस्तरीय प्रविधिमा नै चलचित्र हेर्न चाहान्छन् ।”  

प्रतिक्रिया दिनुहोस