८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाकीटाकी लिएका रास्वपाका कार्यकर्तामाथी अनुसन्धान गर्न चितवन प्रशासनको निर्देशन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ-मुग्लिन सडक-खण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता देखिएपछि प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ ।

पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी दर्तावाल हो कि होइन भन्ने विषयमा छानिबन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई निर्देशन दिएको हो ।

मंगलबार (हिजो) नारायणगढ-मुग्लिन सडक-खण्ड अन्तर्गत कालीखोलामा पहिरो गएको स्थानमा रास्वपाको चुनाव चिह्न अङ्कित ज्याकेट लगाएका र वाकीटाकी लिएका व्यक्ति देखिएका थिए । फेसबुकमा सार्वजनिक भएको उक्त फोटोमा ती व्यक्तिले लगाएको ज्याकेटमा आरएटी (र्‍यापिड एक्सन टिम) पनि लेखिएको थियो ।

रास्वपा समर्थकहरूले पहिरो पन्छाउन र जाममा परेका सवारी साधनको ट्राफिक व्यवस्थापन गर्न रास्वपाको टोली खटिएको भनेर प्रचार गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले चासो देखाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै पहिरो पन्छाउने वा जाम हटाउने विषयमा कुनै भूमिका नखेलेको जानकारी दिएका छन् ।

प्रजिअ पौडेलले जारी गरेको सूचनामा कुनै दलका कार्यकर्ताले पहिरो पन्छाउने कार्यमा सहयोग गर्छौँ भनेर स्वीकृति समेत नलिएको उल्लेख छ । पहिरो पन्छाउन राज्यकै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी ट्राफिक व्यवस्थापनसमेत गरिएको सूचनामा उल्लेख छ ।

साथै प्रशासनले विपद्का घटनामा कुनै दल वा सङ्गठनको परिचय विना र विपद् व्यवस्थापन समितिको स्वीकृतिमा विशुद्ध स्वयंसेवीका रूपमा मात्रै खटिन सक्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस