६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन पुरस्कारका लागि शीर्ष पाँच पुस्तकको सर्टलिस्ट सार्वजनिक

अ+ अ-

काठमाडौँ । मदन पुरस्कार २०७९ का लागि शीर्ष पाँच पुस्तकको सर्टलिस्ट सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुङ्गेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ समावेश छन् ।

भट्टराईको ‘इजोरिया’ परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई मुख्य विषय बनाइएको यस उपन्यास तराई मधेशको परिवेशमा लेखिएको छ ।

युवाहरूका प्रेम, सम्बन्धमाथि लेखेर चर्चा पाएका भट्टराई ‘इजोरिया’मा भने सामाजिक विषयवस्तुलाई समेटेका छन् । उनको यस पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो ।

ओझाको ‘ऐँठन’ भने दुई दशक अघिको जनयुद्धलाई केन्द्रीय विषय बनाइएको उपन्यास हो । जनयुद्धको परिवेशमा आञ्चलिक भाषामा ओझाले पश्चिम नेपालको कथा भनेका छन् । सांग्रिला बुक्सले बजारमा ल्याएको ओझाको ‘ऐँठन’ दोस्रो उपन्यास गो । उनको यसअघि ‘ऐलानी’ उपन्यास सार्वजनिक छ ।

त्यस्तै २०५२ देखि २०५५ सम्म जलस्रोत मन्त्रालयको सचिव रहेका ढुङ्गेल चर्चित महाकाली सन्धिको मस्यौदा तयार पार्ने देखि सन्धिमा हस्ताक्षर हुँदासम्म भारतसँग भएका द्विपक्षीय संवादका एक प्रमुख सरकारी कर्मचारी थिए । ढुङ्गेलको यो संस्मरणात्मक कृति हो ।

राईको ‘थाङ्ग्रा’ उपन्यासमा भने दुई छोरी हुँदाहुँदै एक प्रसिद्ध लेखकले छोराको खोजीमा दोस्रो विवाह गर्न खोजेको विषयलाई मूल कथा बनाइएको छ ।

उपन्यासमा प्रगतिशील लेखकलाई केन्द्रीय पात्र बनाएर राईले पितृसत्तात्मक सोचको चिरफार गरेकी छन् । यस उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो । यसअघि राईको ‘लेखककी स्वास्नी’ चर्चित पुस्तक हो ।

दार्जिलिङका लेखक विष्टको ‘माटाका घर’ भने दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिहरूलाई मुख्य विषय बनाएर लेखिएको आख्यान हो । यस पुस्तकमा लेखक स्वयंका आफ्नै सङ्घर्षका कथाहरू पनि समावेश छन् ।

सूचीमा परेका शीर्ष पाँच पुस्तकमध्ये एक पुस्तकले २०७९ को मदन पुरस्कार प्राप्त गर्नेछ । मदन पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस