७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता छ : सांसद दसौदी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का राष्ट्रिय सभाका सांसद कुमार दसौदीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दुवै जना संलग्न रहेको आरोप लगाएका छन्।

उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा सरकार डराइरहेकाले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको त्यसमा संलग्न भएको पुष्टि भएको उनको जिकिर थियो।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद दसौदीले आफ्नो पार्टीले पारदर्शी ढङ्गले राज्य सञ्चालन गर्नका लागि उच्चस्तरीय समिति गठन गरी सो प्रकरणको छानबिन गर्न माग गरेपनि संसद अवरुद्ध पार्ने मनसाय भने नराखेको बताए।

उनले भने, ‘हाम्रो संसद अवरुद्ध पार्ने कुनै मनसाय छैन। तर सरकार सुन तस्करी छानबिनका लागि तयार हुनुपर्छ। देश र जनताको हितका लागि त्यो छानबिन समिति आवश्यक छ। हामीलाई यो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै गम्भीर आशङ्का छ। त्यसैले छानबिन समिति गठन गर्ने माग गर्नु परेको हो। तर, सरकार डराइरहेको छ।’

प्रतिक्रिया दिनुहोस