१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्य र प्रमाणले देखाएको ठाउँसम्म छानबिन पुग्नुपर्छ : माओवादी केन्द्र

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको क्विन्टल सुन तस्करी प्रकरणको छानबिन तथ्य र प्रमाणले देखाएको ठाउँसम्म पुग्नुपर्ने बताएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिएको उल्लेख गर्दै तथ्य र प्रमाणका आधारमा अगाडि बढ्नुपर्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष तथा प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणको अनुसन्धान निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिबद्ध रहेको पनि बताए ।

‘सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउने कुरामा प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सीआईबीलाई दियो । त्यो चाहिँ ठिक ढङ्गले अनुसन्धान होस्, ’उनले भने,’त्यहाँ मोलाहिजा हुँदैन, त्यो रोकिँदैन । यसलाई अगाडि बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकमा प्रतिबद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन, अनुसन्धान निर्धक्कसाथ अघि बढ्छ । तथ्य र प्रमाणले जो-जो, जहाँ-जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिच्किचाहट हुँदैन ।’

संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला माओवादीले अहिलेको अनुसन्धान नै अघि बढ्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस