८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’

अ+ अ-

काठमाडौँ । स्याङ्जाको वालिङमा नागरिकको ‘स्वास्थ्य सवलताका लागि नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो । प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्यसम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख कृष्ण खाणले बताए ।

कार्यक्रममा खटिने स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य जीवनशैलीको आचरण अवलम्बन गर्न सचेत गराउने उनले बताए । “नर्सिङ घरदैलो कार्यक्रममा खट्ने स्वास्थ्यकर्मीले नागरिकलाई मुटु रोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सरलगायत रोकाबारे जानकारी दिन्छन्” नगरप्रमुख खाडले भने, “सरुवा रोगको प्रकोप, जोखिम तथा न्यूनि करणका लागि पनि नर्सिङ घरदैलो कार्यक्रम प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ ।”

सक्षमताका लागि स्वास्थ्य पहिलो आवश्यकता भएकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पहल थालिएको उनले बताए । यस कार्यक्रमले नसर्ने रोगको प्रतिकूल प्रभाव र न्यूनीकरणका लागि सहयोग गर्ने स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले बताए ।

“नर्सिङ घरदैलो कार्यक्रम नर्सिङ जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि नगरको सिङ्गो टिमको भूमिका र दायित्व महत्त्वपूर्ण हुन्छ” उनले भने, “यस कार्यक्रमको उद्देश्य पूरा गर्न सबैले आ-आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नुपर्छ ।” नगरका १४ वटै वडामा खटिने स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यसम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन, स्वास्थ्य अवस्थालगायत विवरण सङ्कलन गर्दै सचेतना फैलाउने गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस