७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवसहित १६ जनाविरुद्ध ९२ लाखको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्र प्रसाद भारीसहित १६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको भन्ने उजुरी अख्तियारमा परेको थियो । 

‘वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुने गरी निर्माण कार्य गरी/गराई र नभए/नगरेको निर्माण कार्यलाई भए/गरेको भनी नापी किताबमा सहीछापसमेत गरी तथा गुणस्तरहीन कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्य गर्दा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश तथा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतबाट कर्णाली कोल्ड चेन लजिस्टिक प्रा।लि।, सुर्खेतलाई भुक्तानी भएको बयानब्बे लाख त्रिचालीस हजार दुई सय अन्ठानब्बे रुपैयाँ बिगो बराबरको सरकारी हानिनोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको,’ अख्तियारको ठहर छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन आयोजना प्रमुख तथा सचिव भारीसहित अन्य  सब-इन्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डित, लेखा अधिकृत हरि बहादुर थापा, तत्कालीन नि. निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक (कृषि अधिकृत) गुरु प्रसाद अधिकारी, लेखा अधिकृत उत्तम कुमार बस्नेत, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP,सुर्खेतका लेखा अधिकृत खिमलाल वली, तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP), सुर्खेतका कृषि अधिकृत सुरेश कुमार थापा र सह लेखापाल उषा ठाडा,तत्कालीन उच्च मूल्य कृषि वस्तु विकास आयोजना (HVAP), सुर्खेतका सब इन्जिनियर सुवर्ण राज भारती, कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि., सुर्खेतको सञ्चालक समितिका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल, प्रबल शाही र इन्जिनियर महेश शर्माविरुद्ध पनि मुद्दा दायर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस